मनोरन्जन

टिकटक बनाएर बस्ने ११ सरकारी कर्मचारीको जागिर चट !

नेपालमा टिकटक एकदमै लोकप्रिय छ । यसले घरभित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न सहयोग गरेको छ । टिकटकका फाइदा सँगै बेफाइदा पनि धेरै छन् ।टिकटक पनि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ । अझ कलाकारिता मन पराउनेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक ।अहिलेका युवा पुस्तामा टिकटकको क्रेज बढेको छ । यो एपमा हामीले विभिन्न आवाजहरुमा नक्कल गर्न सक्छौँ । बच्चा देखि लिएर बुढापाकाहरु समेत यस एपको लतमा परेका छन् । हामीले आज यही एपले गर्दा घटेको एक रोचक कुरा गर्न गइरहेका छौ । यो घटना हो भारतको ।अहिले त भारतमा टिकटक बन्द भै सकेको छ । चाइनासँग विवाद पछि चाइनिज एप भन्दै भारतले टिकटक बन्द गरेको हो । तर बन्द हुनु अघि भारतको तेलंगाना खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएर समय बिताएको भन्दै तलब कटौती गर्ने तथा सरुवा गरेर नदिने तथा जागिरबाट निकाल्लेसम्मको कारवाही गरेको छ 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button