राजनीति

दुई अंकको सिट ल्याएर देखाउन (दाहाल-नेपाल समूह)लाई प्रधानमन्त्रीको चुनौती !

 प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा अंक भएको सिट ल्याएर देखाउन पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई चुनौती दिएका छन् । शनिबार नेकपा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले त्यस्तो चुनौती दिएका हुन् । 

लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपरेको उनको भनाइ छ । देशी विदेशी षड्यन्त्रका कारण लोकतन्त्र र संविधान नै खतरामा परेकाले मध्यावधि निर्वाचनमा जाने निर्णय गरिएको उनले बताए । 

प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना कुनैपनि हालतमा नहुने जिकिर पनि गरे । पार्टीहरू चुनावको लागि तयारी गरिरहेको र सुरक्षा निकायले चुनावको तयारी गरिरहेकोले अब चुनाव समयमै हुने उनले बताए । 

देशलाई माया गर्ने शक्तिलाई जनताले मत दिने दाबी ओलीको दाबी छ । सम्बोधनको अधिकांश समय दाहाल-नेपालको आलोचनामा खर्चिएका ओलीले निर्वाचन आयोगमा अर्को समूहले दिएको निवेदन औचित्यहीन रहेको तर्क गरे । 

आफू नेतृत्वको सरकारको राष्ट्रिय लक्ष्य भारतका प्रधानमन्त्री  र चीनको राष्ट्रपतिलाई समेत चासो भए पनि दाहाल-नेपाललाई कुनै मतलब नभएको उनले बताए । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button