ताजा खबरमनोरन्जन

आहा सलुट ! इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको तस्विर सामाजिक संजालमा भाइरल

इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको एक तस्विर सामाजिक संजालमा भाइरल बनेको छ । भारतको आन्ध्र प्रदेशमा एक इन्स्पेक्टर प्रहरीले डीएसपी प्रहरीलाई सल्युट गरेका हुन् । आन्द्र प्रदेशका इन्स्पेक्टर श्याम सुन्दरले छोरी डीएसपी जेसी प्रसान्तीलाई सल्युट गरेका हुन्। आन्द्र प्रदेशको ट्वीटरमा यस तस्बिर सार्वजनिक गरिएको छ। त्यहाँ भनिएको छ,‘प्रहरीको कर्तव्य र जिम्मेवारीले परिवारको मिलन गरायो।’ भाइरल तस्विर भएपछि बाबु छोरीको मुक्त कण्ठले प्रशंसा गरिएको छ । आफ्नै छोरीलाई सल्युट गर्न पाउँदा आफू निकै खुशी भएको श्याम सुन्दरले बताएका छन् ।डीएसपी छोरीलाई इन्स्पेक्टर पिताको सेल्यूट, प्रत्येक अभिभावकले आफ्नो सन्तान आफूभन्दा अधिक उन्नति गरेको हेर्न चाहन्छ, यस्ता अनेकौं घट्नाहरु हामीले विभिन्न सामाजिक संजाल अनि पत्रपत्रिकाहरुमा पड्दै आइरहेका छौ। वर्दी लगाएका पिताको लागि सबैभन्दा खुशीको क्षण त्यो हुन्छ जब उनको छोरो- छोरी उनिभन्दा पनि ठूलो अफिसर बनेर उनको अघि आउँछ अनि उनले सेल्यूट दिनुपर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button