ताजा खबर

भतिजाको बयान: ‘काकीले भन्दै हिंड्न थालेपछि सकिदिएको हुँ’

लमजुङको सुन्दरवजार–४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को आफ्नै भ’तिज र भा’न्जाले जी’वन रि’त्याए । त्यसको कारण झनै अनौठो छ । ज्यानसम्बन्धि उद्योगको आरोपी मृ’त’क भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेर घटना सार्वजनिक गरेको हो। घटना भएको ३६ घण्टामा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाका अनुसार मृतक महिला र घटनामा संलग्न सागरबीच केही महिनादेखि अ’नैतितक स’म्ब’न्ध रहेको रहस्य खुलेको छ। उनीहरुबीच स’म्ब’न्ध रहेको र ती महिला गर्भवती भएको भन्ने गाउँमा ह’ल्ला चलेपछि सागरले घटनाको योजना बनाएका थिए। सागरले आफ्ना मिल्ने साथी विकास भुजेलको सहारा लिएर महिलामाथी ज्या’न स’म्बन्धि उ’द्योग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

मंसिर ३० गते राती योजना बुनेका सागर र विकासले पुस १ गते बिहानै मृ’त’कका श्रीमान् काममा बाहिर निस्किएको मौका छोपेर घटना घटाएका थिए। मृ’त’क धनमायाका श्रीमान ध्रुव भुजेल छिमेकीको गाई फार्ममा काम गर्ने गर्दथे। सो दिन बिहानै उनी गाई फार्ममा काम गर्न गएका थिए।

उनी गाई फार्ममा काम गर्न गए/नगएको स्वयम् धनमायालाई फोन गरि निश्चित गरेर अभियुक्त घरमा पुगेका थिए। ‘श्रीमान काम गर्न गए/नगएको धनमायालाई फोनबाट निश्चित गरि घरमा आएको देखिन्छ। अभियुक्तले धनमायाबाहेक गाई फार्ममा काम गर्ने अर्को व्यक्तिलाई पनि फोन गरेका छन्’, डीएसपी थापाले भने, ‘फोनबाट धनमाया एक्लै भएको निश्चित भएपछि अभियुक्तहरु आएर घटना गराएका छन्।’

डीएसपी थापाका अनुसार अभियुक्तद्वयले धनमायालाई स’लको साहारामा पिँढीमा रहेको जाँ’तो प्रयोग गरेर घटना गराएका थिए। मृ’त’क धनमायाँको मृ’त शरीरलाई त्यसपछि बारीमा रहेको गोबर ग्याँसको से’फ्टी ट्याँ’ङ्कीमा छोडेर हिँडेका थिए। चितवन माइती रहेकी धनमाया ६ वर्षअघि ध्रुव भुजेलसँग विवाह गरेर दुराडाँडा आएकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button